चितवन , माघ १९ । नयाँ सोच र जाँगर बोकेका युवाहरुको समुहलाई उनीहरुको सकारात्मक सोचबाट नयाँ काम गर्ने प्रेरणा दिने उद्देश्यले हिजोदेखि ” लिन स्टार्ट अप बुट क्याम्प ” सुरु भएको छ ।

सो क्याम्पमा १८ जना ईन्जिनियरिङ कलेजका विद्याथी सहभागी भएका छन् । आजको चरणमा एउटा समुहले एउटा नयाँ सोचको विकास गर्दै सो विकासलाई पुर्णता दिने प्रायास गर्नेछन् । सो अवसरमा उनीहरुले नया नया विचारको आविस्कार गर्नेछन् ।

कार्यक्रमको मुख्य उद्देश्य कुनै पनि नयाँ उद्यमको सोच लिएका विद्यार्थीलाई त्यो उद्यमको सुरुवात कसरी गर्ने र त्यो उद्यम गर्दा के कति खर्च लाग्छ , कस्ता कठिनाई पर्छन् भन्ने कुराको जानकारी दिँदै आईपर्ने समस्या समाधानका पाटो सिकाउने काम गर्ने रहेको क्याम्पका मुख्य प्रशिक्षक महिम सिंहले बताउनुभयो ।क्याम्प भोलिसम्म चल्नेछ ।

कार्यक्रम यही माघ २५ गतेदेखि २९ गतेसम्म हुने कम्प्युटर मोबाईल तथा सुचना प्रविधिको बृहत प्रदर्शनीको पुर्वसन्ध्यामा कम्प्युटर एशोसियसन अफ नेपाल चितवनले आयोजना गरेको हो । यसको मुख्य प्रायोजक प्रभु पे रहेको छ भने सहप्रायोजक अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट रहेको छ ।

News Coverage:

http://www.a2zsamachar.com/47064